नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना 'मिलेनियम च्यालेन्स कर्पाेरेशन' (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको छ ।
आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अध्यक्ष नेपालले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गर्नुभयो । सिमानासँग जोडिएका विषयवस्तुहरू चुनौतीको रुपमा आइरहेको भन्दै त्यसलाई छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने नेपालकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सिमानासँग जोडिएका विषयवस्तुहरू पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तुभित्र संवेदनशील कुराहरू छन् ।’
अध्यक्ष नेपालले संयुक्त राष्ट्र सङ्घको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।