इराकमा तीन जनालाई फाँसी : तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको ठहर

 भदौ १२, २०८० मंगलबार १०:३०:१० | एजेन्सी
unn.prixa.net

इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फाँसी दिइएको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो ।

आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाई सन् २०२१ मा पक्राउ परेका थिए । फाँसी दिइएकामध्ये उनी एक हुनसक्ने अनुमान गरिएको समाचार संस्था एएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा घटना भएको थियो । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया