कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी : प्रचण्ड

 भदौ १२, २०८० मंगलबार १२:३७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै -  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालको  प्रश्नको जवाफ दिँदै उहाँले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताउनुभयो। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार नै रेशम चौधरीले गृह मन्त्रालयमार्फत कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन दिएको उहाँको भनाइ छ ।  

यस्तै, उहाँले गङ्गामाया अधिकारीको उपचारका लागि सरकारले ३७ लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको जानकारी गराउनुभयो । गंगामायालाई मानवीय सेवा र संरक्षण दिइएको भन्दै प्रधानमन्त्री प्रचण्डले उहाँको स्वास्थ्य अवस्था समान्य रहेको पनि जवाफ दिनुभयो ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया