नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको समयमा दुई देशबीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदयशमशेर जबराले सोध्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणको समयमा दुई देशबीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभएको हो । उहाँले दुई देशका बीचमा रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताउनुभयो । दुई देशका बीचमा यसअघि भएका सम्झौता र समझदारीहरूलाई कार्यान्वयनमा जोड दिने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘चीन भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक, आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने छ । भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरूको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषयहरू पनि भ्रमणका क्रममा कार्यसूचीमा रहेका छन् ।’
प्रधानमन्त्रीले सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्वास्थ्यकाे क्षेत्रमा रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोगको विस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।