हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्न हुँदैन : रमेश लेखक

 भदौ १२, २०८० मंगलबार १५:७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्न नहुने धारणा राख्नुभएको छ ।

आज मङ्गलवार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो । उहाँले ऐनमा हिंसात्मक क्रियाकलाप छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्नेगरी पारित गर्न नहुने बताउनुभयो । यसका लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलाप छाडेर संविधानलाई मानेर, व्यवस्थालाई मानेर शान्तिपूर्ण राजनीतिमा फर्किन चाहनेका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ । त्यो सहमतिअनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरिने व्यवस्था छ । यसलाई यसैरूपमा पारित गर्नु हुन्न । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुग्नुपर्छ ।’

लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया