दरबार हाईस्कुललाई पुरानै अस्तित्वमा फर्काउँदै काठमाण्डौ महानगर

 भदौ १३, २०८० बुधबार ७:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने भएको छ ।

एउटै भवनमा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको महानगरपालिकाले जानाएको छ ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइरालाका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चलान हुनेछ ।

एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्नेछन् ।

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा यो विद्यालय स्थापना भएको थियो ।

लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु महानगरपालिकाको कर्तव्य भएको उहाँले भन्नुभयो ।

ऐतिहासिक मात्रै होइन यो विद्यालय महानगरका ८९ सामुदायिक विद्यालय र तीन नमुना विद्यालयमध्ये एक हो ।

गएको आर्थिक वर्षदेखि महानगरले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ ।

ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने विद्यार्थीको संख्या बढेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lok bahadur Khadka

    Aug. 30, 2023, 10:55 a.m.

    यो त धेरै राम्रो हो ,हामीलाई पनि बच्चा याहा नै पढाउ कि भनेर उत्साह जागेको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया