संयुक्त राष्ट्रसंघले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने

 भदौ १३, २०८० बुधबार ११:५४:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – संयुक्त राष्ट्र संघको महासभाले परमाणु परीक्षणविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ । 

मंगलवार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने बताउनु भयो ।

संयुक्त राष्ट्र महासभाको ७७ औँ सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै समस्याहरु उत्पन्न भइरहेको बताउँदै विश्वव्यापी प्रकोपको नजिक विश्व रहेको बताउनु भयो ।

आणविक हतियारका कारण डरलाग्दो घटना हुनसक्ने चेतावनी दिनुभयो । आणविक हतियारमा शर्त लगाएर मानव जीवन संकटमा पारेको बताउनु भयो ।

कोरोसीले आणविक हतियारको निरन्तर आधुनिकीकरणमा लगानी र मानवताको लक्ष्य, आकांक्षा र सम्झाैतासँग मेल नखाने बताउनु भयो । यसलाई रोक्नका लागि सबै एक ठाउँमा आएर आणविक हतियारको प्रयोग कम गर्दै जानुपर्ने बतानु भयो । उहाँले विश्वले आणविक हतियारको बढ्दो प्रयोग गर्नु मानवीय संकट उत्पन्न हुनु रहेको बताउनु भयो । 

उहाँले संसारलाई सम्पूर्ण रुपमा सुरक्षित बनाउन र परमाणु खतरामुक्त संसार बनाउन त्यस दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

अन्तर्राष्ट्रिय दिवस मनाउने बारेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक परीक्षणमा कानुनी रुपमा बाध्यकारी प्रतिवन्ध आणविक हतियारमुक्त संसारको लागि आधारभूत कदम हुने बताउनु भयो ।

व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी) अझै लागू नभए पनि यो दिवसले सकारात्मक सन्देश जाने बताउनु भयो ।

सीटीबीटी सेप्टेम्बर १९९६ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको थियो । तर अहिलेसम्म लागू भएको छैन । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया