मनसुन अवधिमा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गयाे

 भदौ १४, २०८० बिहिबार ९:५०:३५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते भएका छन् भने २० जना बेपत्ता छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा देशका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका छन् ।

विपद्का घटनामध्ये बाढीमा परि १२ जनाको ज्यान गयाे, सात जना घाइते भए भने २१ बेपत्ता भए । यस्तै, पहिरोमा परि ३८ जनाले ज्यान गुमाए, ४० जना घाइते र नौ जना बेपत्ता भएका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको ज्यान गयाे, ४३ जना घाइते भए ।

यस वर्षको बाढी पहिरोबाट ३२६ दशमलव ८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२ दशमलव ७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ । त्यसबाट झण्डै आठ अर्ब ५० करोड रुपैयाँ क्षति पुगेको अनुमान गरिएको छ ।
 
मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा ४० करोड रुपैयाँ बराबरकाे भौतिक पूर्वाधारमा क्षति पुगेकाे तथ्याङ्क छ । मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट १५ अर्ब रुपैयाँभन्दा बढीकाे भौतिक पूर्वाधारलगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । 
  
देशका विभिन्न ठाउँमा चार मोटरेबल पुल र २२ झोलङ्गे पुल बगाउँदा करिब ४१ करोड रुपैयाँको क्षति हुन पुगेको छ । बाढीपहिरोका घटनाबाट २८ वटा खानेपानी आयोजनामा क्षति हुँदा नौ करोड रुपैयाँ बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ ।

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न १० अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । यस अवधिमा चट्याङ लागेर ११ ठाउँ, पहिरोबाट सात, पुलमा पुगेकाे क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ ठाउँमा गरी देशका ३१ ठाउँमा सडक अवरुद्ध भएका थिए । अहिले देशका दुई सय ३१ राजमार्गमध्ये ४८ राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा रहेका प्राधिकरणले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया