चीनकाे बाटाे हुँदै हिल्सा आइपुग्यो चार हजार क्विन्टल चामल

 भदौ १४, २०८० बिहीबार १६:४३:४७ | रासस
unn.prixa.net

फाइल तस्बिर

हुम्ला – काठमाण्डाैबाट केरुङ हुँदै हुम्लाका लागि आएको चामल हिल्सा आइपुगेको छ । चामल लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए ।

हुम्लाका लागि चामल बोकेका ४० वटा गाडी हिल्सा आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि चामल लोड भएका गाडी काठमाण्डाैबाट छुटेका थिए ।

चामलकाे समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल पैदल मार्गबाट पठाएको हो । जिल्लामा चामल समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्विन्टल चामल हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । चामल अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

ती चामलमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती चामल अघिल्लो आर्थिक वर्षको हो । चामल सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री गरिने छ । तिब्बती मार्ग हुँदै आउने चामलकाे ढुवानी दर हवाई मार्गको भन्दा सस्तो पर्नेछ ।

काठमाण्डाै, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको चामल प्रतिक्विन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल चामल चार हजार आठ सय रुपैयाँ ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने चामलकाे भाडा प्रतिक्विन्टल १६ हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्विन्टल १५ हजार रुपैयाँ लिमिटेडले तिर्दै आएको छ ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Raghvendra Pandey

    Sept. 2, 2023, 7:04 a.m.

    Very good work.

  •  0 Reply

तपाईको प्रतिक्रिया