कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शन : ४८ जनाको ज्यान गयो, ७५ जना घाइते

 भदौ १५, २०८० शुक्रबार ६:३४:७ | एजेन्सी
unn.prixa.net

कङ्गोमा संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको ज्यान गएको छ ।

बुधवार कङ्गोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए । शुरुमा १० जनाको ज्यान गएको बताइएको थियो । तर यो घटनामा कम्तीमा ४८ जनाले ज्यान गुमाएका अधिकारीहरुलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ७५ जना घाइते भएका छन् ।

प्रदर्शनमा संलग्न रहेको आरोपमा एक सय ६८ जना पक्राउ परेका छन् । कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि मारिएका प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ।  
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया