नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्नेछु : अमेरिकन सिनेटर होलन

 भदौ १६, २०८० शनिबार १०:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम देश रहेको बताउनु भएकाे छ । अमेरिकन च्याम्बर्स अफ कमर्स (एमच्याम) को आयोजनामा हिजाे काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता ‍जनाउनु भएकाे छ । उहाँले नेपालमा पछिल्लो समय ऊर्जा, प्रविधि र पर्यटन  लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताउनुभयाे। 

एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ता बीच समन्वयकारी भूमिका खेल्न सक्ने बताउनु भयाे। अन्तरक्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो ।

ऊर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम शुरू गरेको र अमेरिकाले नेपालको ऊर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको हेलनकाे भनाइ छ । हेलनले नेपालमा लगानीको  वातावरण राम्रो र सहज रहेकाे पनि बताउनु भयाे ।

कार्यक्रममा अमेरिकी राजदूत आर थम्सनले नेपालमा एमच्यामले अमेरिकी लगानीकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेको बताउनु भयाे । कार्यक्रममा एमच्यामका अध्यक्ष अजित शाहले नेपालमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिनुभयाे । अन्तरक्रिया कार्यक्रममा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो। होलनले नेपालका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग छलफल गरिरहनुभएकाे छ ।  

यस कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत आर थम्सन र  दूतावासका पदाधिकारीहरू,  यूएसएआईडीका पदाधिकारीहरू र एमच्यामका सदस्यहरूको सहभागिता थियो । एमच्याम अमेरिकामा विभिन्न क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी  तथा व्यवसायीहरूको छाता सङ्गठन हो । यस संस्थाले नेपालमा अमेरिकी लगानी भित्र्याउन विशेष पहल गर्दै आएको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया