थाइल्यान्डका राजाद्वारा प्रधानमन्त्री स्रेथा नेतृत्वको नयाँ मन्त्रिमण्डल अनुमोदन

 भदौ १७, २०८० आइतबार ७:१:२५ | एजेन्सी
unn.prixa.net

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गर्नुभएको छ । त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्नुभएको राजपत्रमा प्रकाशित गरिएको छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको फेउ थाई पार्टीले रक्षा, अर्थ, यातायात, वाणिज्य, जनस्वास्थ्य र विदेश मामिलालगायत १० वटा मन्त्रालयको जिम्मेवारी पाएको छ । गठबन्धन साझेदार भुमजैथाई पार्टीले गृह, शिक्षा र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

थाइल्यान्डको संविधानअनुसार मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष निष्ठाको शपथ लिनुपर्छ र पदभार ग्रहण गर्नुअघि संसदमा नीतिगत वक्तव्य दिनुपर्छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया