पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाग्लुङ - राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाका कारण पहिराे जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै बाग्लुङका विभिन्न पालिकासहित पर्वत, गुल्मीसँगकाे सडक सम्पर्क टुटेको छ ।
ट्राफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएकाे जानकारी दिनुभयाे ।
सडक खुलाउने प्रयास भइरहेकाे उहाँले बताउनु भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।