कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

 भदौ २०, २०८० बुधबार १३:१:५६ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ । 

विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ।

यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका  विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया