पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – पाटन नगरपालिका बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन उपाधि नजिक पुगेको हो ।
निंगलासैनी खेल मैदान देहीमाडौंमा पहिला ब्याटिंग गरेको सिगास १६ दशमलव ४ ओभरमा ७९ रनमा अल आउट भयो । जसमा लोकेन्द्र रावलले व्यक्तिगत २७ रनको योगदान गरे भने पाटनका सुभाष विष्टले ३ विकेट हात पारे ।
८० रनको सामान्य विजय लक्ष्यका साथ मैदान उत्रेको पाटनले ११ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पाटनका विकास विष्टले अविजित ३४ रन बनाए ।
यो हारसँगै सिगासको अगामी यात्रा टुंगिएको छ भने पाटन अपराजित यात्रा कायम गर्दै फाइनलमा पुगेको छ ।
यस्तै बिहीबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा किरन ठगुन्नाको उत्कृष्ट प्रदर्शनले दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउँदै मेलौली नगरपालिका पनि फाइनल प्रवेश गरेको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द ‘सी’ ले सुरेन्द्र बिसीको ४८ तथा नरेश नाथको ३७ रनको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतिमा १४८ रन बनायो । मेलौलीका किरन ठगुन्ना र जयराम भट्टले एक एक विकेट हात पारे ।
१४९ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको मेलौलीले १४ दशमलव ३ ओभरमा ३ विकेटको गुमाउँदै लक्ष्य भेट्टायो । जसमा किरन ठगुन्नाले ५० रन जोडे भने कृष्णदेव भट्टले अविजित ४९ रन बनाए ।
खेलका म्यान अफ द म्याच मेलौलीका किरन ठगुन्ना चुनिए । शुक्रबार पाटन र मेलौली नगरपालिकाबीच उपाधिका लागि प्रतिस्प्रर्धा हुने भएको छ ।
निंगलासैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।
विक्रम सम्बत २०५६ सालमा स्थापना भएको निङ्गलासैनी क्रिकेट क्लब (एनसीसी) विकास, अनुशासन र गतिशीलता भन्ने मूल भावका साथ बैतडीमा सक्रिय छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।