नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आज आइतवार च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ठूला पुँजीपतिहरूलाई खोजेर अर्बाैँ लगानी गर्ने बैंकहरूले गरिबलाई भने अझै पनि ऋण नदिएको बताउनुभएकाे हाे । उहाँले साना बैंक तथा वित्तीय संस्थाले बाख्रापालनजस्ता व्यवसायका लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको बताउनुभयाे ।
ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि 'सिड मनी' को रूपमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बैंकहरूले ठूलाठूला पुँजीपति खोजेर लगानी गर्छ, साँच्चै जसलाई ऋण चाहिएको छ उसकहाँ बैंकको ऋण पुग्दै पुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । तर गरिबकाेमा पनि पुग्नुपर्छ ।’
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।