रुस जान उत्तर कोरियाका नेता किमको रेलयात्रा शुरु, भाेलि पुटिनसँग भेटवार्ता गर्ने

 भदौ २५, २०८० सोमबार १६:५०:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर कोरियाली नेता किम जोङ उनले रुस जानका लागि रेलयात्रा शुरु गर्नुभएको छ । नेता किम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुसको भ्लादिभोस्तोकतर्फ जाँदै गर्नुभएको बीबीसीले जनाएको छ ।

नेता किम विशेष बख्तरबन्द रेल चढेर रुसतर्फ गइरहनुभएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । तर उत्तर कोरिया सरकारले भने किमको भ्रमणबारे कुनै पनि जानकारी सार्वजनिक नगरेको बीबीसीले जनाएको छ । किमले भोलि मङ्गलवार रुसी राष्ट्रपति पुटिनसँग भेट गर्ने कार्यक्रम छ ।

अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हतियार किन्न खोजिरहेको दाबी गरेका छन् । युक्रेन युद्धका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय दबाबमा परेका पुटिनले अहिले उत्तर कोरियासँग मिसाइल लगायतका हतियार खोजिरहेको अमेरिकाको आरोप छ । अहिले अमेरिका, दक्षिण कोरिया र जापानबीच सुरक्षा सहकार्य भइरहेको छ । छिमेकी देश उत्तर कोरियाले पनि मस्कोसँग सैन्य सहकार्यको प्रयास गर्दै आएको छ ।

कोरोना महामारीपछि उत्तर कोरियाली नेता किम पहिलो पटक विदेश भ्रमणमा निस्कनुभएको हो ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया