मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६ सय ८१ जना पुग्यो

 भदौ २६, २०८० मंगलबार ९:१:४४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मोरक्कोमा शुक्रवार राति गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८१ जना पुगेको छ ।

दुर्गम पहाडी क्षेत्रमा पुगेको उद्धार टोलीले भग्नावशेषबाट शव निकाल्ने क्रम शुरु भएसँगै ज्यान गुमाउनेहरुको सङ्ख्या बढिरहेको बीबीसीले जनाएको छ ।

भूकम्प प्रभावित पहाडी क्षेत्र पुग्ने सडकमा ठूला ढुङ्गाको अवरोधका कारण उद्धारमा ठूला उपकरणको प्रयोग गर्न नमिलेको र उद्धारकर्ताले सामान्य औजार प्रयोग गरेर भग्नावशेषमा फसेकाहरूको उद्धार गरिरहेका बीबीसीले जनाएको छ । दुई हजार पाँच सय जनाभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मोरक्कोको हाइ एट्लस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । धेरै व्यक्ति भूकम्पले बनाएको खण्डहरूमा बसिरहेका र राहत पर्खिरहेका बीबीसीले जनाएको छ ।

मोरक्कोले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईको सहयोग मात्र स्वीकारेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ ।

मोरक्कोमा यसअघि सन् १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया