लिबियामा ‘विनाशकारी’ आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गयो, हजारौँ बेपत्ता

 भदौ २६, २०८० मंगलबार १४:१५:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया