लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाकाे शव भेटियाे

 भदौ २७, २०८० बुधबार १७:३:१५ | एजेन्सी
unn.prixa.net

लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका पाँच हजार जनाभन्दा धेरैको शव भेटिएको छ ।

ड्यानियल नामको आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका पाँच हजार तीन सय जनाको शव भेटिएको लिबियाका नागरिक उड्डयन मन्त्री हिचेम अबु चकियोआतललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकको सङ्ख्या दोब्बर हुन सक्ने उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा कम्तीमा ३४ हजार मानिस घरबारविहीन भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीले जनाएको छ । तर सहरमा पुग्ने सडकहरू बाढीका कारण अवरुद्ध वा भत्किएकाले प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन चुनौतीपूर्ण रहेको राष्ट्र सङ्घले जनाएको छ ।

आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो । जसका कारण लाखौँ क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया