'आईएमई पे' ले ल्यायो बुबाको मुख हेर्ने दिनलाई अफर

 भदौ २७, २०८० बुधबार २०:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पहिलो डिजिटल वालेट 'आईएमई पे' ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै 'Memories with Father : Share the Joy' नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने याे अफरमा सेवाग्राहीले 'आईएमई पे' को फेसबुक पेजमा रहने बुवाको मुख हेर्ने दिन सम्बन्धित पोस्टमा आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेखेर #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ ।

प्राप्त कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनाेट गरिने र विजेताहरूलाई Human Fit को पाँच हजार रुपैयाँ बराबरकाे उपहार प्रदान गरिने 'आईएमई पे' ले जनाएकाे छ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया