लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको अनुमान

 भदौ २८, २०८० बिहीबार १४:१३:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीले आशङ्का गरेका छन् ।

लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको बीबीसीले जनाएको छ । अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ ।

गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल–अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेकाे बताउनुभएको खबरमा उल्लेख छ ।

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलाे बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ ।

यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया