नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका दिवङ्गत अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ ।
आज बिहीवार पार्टीकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङले सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्नुभएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँले दलीय स्वार्थभन्दा माथि उठेर संसदीय गरिमा बढाउनुभयाे । कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति प्राप्त हुनुहुन्थ्यो ।’
अध्यक्ष ओलीले नेम्वाङले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको पनि बताउनुभयाे । नेम्वाङ सामाजिक सद्भाव र सामाजिक न्यायका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।