एन्टार्कटिक क्षेत्रका बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

 भदौ ३०, २०८० शनिबार १४:५४:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – एन्टार्कटिक क्षेत्रको पश्चिमतर्फ रहेको बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरेका छन् । एम्परर प्रजातिका पेन्गुइनका बचेराहरु रहेको बरफ टुक्रिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ती बचेराहरुमा समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास हुनुअघि नै मुनिको समुद्री बरफ पग्लिएपछि दुर्घटना भएको हो । बरफ टुक्रने घटना सामान्य भए पनि चाँडो भएकोले बचेराहरु मरेका हुन् ।

एन्टार्कटिक अर्थात दक्षिणी गोलार्द्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री बरफमा हाम फाल्छन् । उनीहरू त्यहाँ जोडी बन्ने, संसर्ग गर्ने र अण्डा पार्ने काम गर्छन् । ती अण्डाहरू कोरलेपछि बचेराहरू स्वयम्मा भर पर्न सक्ने नभएसम्म आउँदा महिनासम्म तिनको हेरचाह गर्छन् । त्यो सामान्यतः नयाँ चराहरू समुद्रमा आइपुग्ने समय डिसेम्बर/जनवरी महिनाको आसपास हुन्छ ।

तर अनुसन्धान टोलीले देखे अनुसार नोभेम्बरमा एम्पररका बथान मुनिको समुद्री बरफ टुक्रिएको थियो । त्यो हजारौँ चल्लाहरूले पौडी खेल्नको लागि आवश्यक चिल्लो प्वाँखहरू विकास गर्न समय पाउनुअघिको बेला थियो । त्यसैले चारवटा बथानका सबै बचेराहरु आवश्यक रौँ तयार हुनु अघि नै समुद्रमा डुबेर मरे ।

अनुसन्धानकर्ताले मरेर समुद्रमा तैरिएका बचेराको सङ्ख्या १० हजार भन्दा धेरै रहेको बताएका छन् । ब्रिटिश एन्टार्कटिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको संकेत भएकाले एमपरर पेन्गुइनको ९० प्रतिशत भन्दा धेरै बथान यही शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको बताउनुहुन्छ ।

एन्टार्कटिकको ग्रीष्मकालीन समुद्री बरफ सन् २०१६ पछि धेरै घटेको छ । एन्टार्कटिक महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया