बीपीको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय हो : महामन्त्री थापा

 भदौ ३०, २०८० शनिबार १७:५४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ । शनिवार बीपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बीपीलाई महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताउनु भयो । उहाँले महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बीपीमाथिको ठूलो अन्याय हुने उल्लेख गर्नुभयो ।

उहाँले बीपीले आफूलाई मानव झैँ व्यवहार गर्न तर आफ्नो विचारलाई निष्ठाको अर्थमा बुझ्न आग्रह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले बिपीले भनेको निष्ठा छोडेर महामानव बनाउनु बीपी माथिको अन्याय भएको बताउनु भयो । उहाँले यसको प्रायश्चितमा कांग्रेसले यस पटक केन्द्रीय कार्यालयमा बीपी महोत्सव आयोजना गरेर बुझाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महामानव भन्दैगर्दा महामानवको आवरण भित्र गुम्सिएका महाविचारहरु खोज्नुपर्छ । महामानव भनेर बीपीको विचारमा छलफल नै गर्नु नहुने, बीपीको विचारलाई मूर्ति पूजा गरेको जस्तो पूजा गर्नेकुरा बीपीमाथिको ठूलो अन्याय हो । बीपी मान्छे हो, मान्छे भित्रका कुरा हामीले बुझ्नुपर्छ । बीपीले म मान्छे हुँ भनिरहनुभएको छ । मलाई मान्छे जसरी नै व्यवहार गर, बुझ भन्नुभएको छ । तर मेरो निष्ठालाई त्यसको अर्थमा बुझ भन्नुभएको ठाउँमा निष्ठा ठ्याक्कै छोडेर मान्छे होइन, मान्छे भन्दा माथिको मान्छे हो भनेर जुन हामीले गरिरहेका छाैँ, त्यो अन्याय हो । त्यो अन्याय गरेको कुराबाट हामीले बाहिर निकाल्नुपर्छ । यसको प्रयास यसपटक नेपाली कांग्रेसको प्राङ्गणमा बीपी महोत्सव भनेर छलफल गरेका छौँ ।’ 

महामन्त्री थापाले सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री भए पनि नैतिक शक्ति र नेता छ कि छैन भन्ने प्रश्न खडा भएको बताउनु भयो । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया