ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

 भदौ ३१, २०८० आइतबार ११:२०:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।

ब्राजिलको अमेजोन राज्यको राजधानी मनौसको विमानसस्थलबाट उडान भरेको विमान ४ सय किलोमिटरको दूरीमा रहेको बार्सिलोसमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सानो आकारको विमानमा चालक दलका दुई सदस्य र १२ जना यात्रु थिए । खराब मौसमका कारण विमान दुर्घटना भएको अनुमान छ । तर, यकिन कारण खुलिसकेको छैन, अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ५, २०८०

तपाईको प्रतिक्रिया