सर्पकाे डसाइबाट दैलेखमा किशोरी ज्यान गयो

 असोज १, २०८० सोमबार १७:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – सर्पकाे डसाइबाट दैलेखमा एक किशाेरीकाे ज्यान गएको छ । ज्यान जानेमा ठाटीकाँध गाउँपालिका–१ नुआवनकी १७ वर्षीया कल्पना शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिनुभयो ।

घरमा बसिरहेका बेला सर्पले खुट्टामा डसेलगत्तै छिमेकमा झारफुक गराउन लगेकाेमा स्वास्थ्यमा झनै समस्या भएपछि अस्पताल लैजाँदै गर्दा किशाेरीकाे ज्यान गएको प्रहरीको भनाइ छ ।

किशोरीका बुबा धर्मराज रोजगारीका लागि भारतमा र उहाँका दाजु निराजन शाही अध्ययनको सिलसिलामा काठमाण्डौमा हुनुहुन्छ । आमाका साथ घरमा बस्दै आएकी किशाेरी कृष्ण माध्यमिक विद्यालय लकान्द्रमा कक्षा ९ मा पढ्दै थिइन् ।

अन्तिम अपडेट: असोज २, २०८०

तपाईको प्रतिक्रिया