लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी

 असोज १, २०८० सोमबार १८:४०:२९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राष्ट्र सङ्घले लिबियाको बाढी प्रभावित सहर डेर्नामा विस्थापित भएका ३० हजार मानिसलाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको बताएको छ ।

लिबियामा रहेको संयुक्त राष्ट्र सङ्घीय सहायता मिसनले आज साेमवार विज्ञप्ति निकालेर प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, निर्जलीकरण र कुपोषणको समस्या बढिरहेको भन्दै तत्काल सहायता चाहिएको बताएको हो । विज्ञप्तिमा हजारौँको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने चेतावनीसमेत रहेको छ ।

गएकाे हप्ता संयुक्त राष्ट्र सङ्घले डेर्ना र पूर्वी लिबियाका अन्य भागमा आपत्कालीन प्रतिकार्यका लागि सात करोड १० लाख अमेरिकी डलरभन्दा बढीको सहायता अपिल गरेको थियो ।

सेप्टेम्बर १० मा आएको आँधीका कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ११ हजार तीन सय जनाको ज्यान गएको लिबिया रेडक्रसले जनाएको छ । अझै १० हजार जनाभन्दा धेरै हराइरहेका छन् । बाढीका कारण आठ सय ९१ वटा भवन पूर्णरूपमा भत्किएका छन् । यस्तै दुई सय ११ वटा आधा भत्किएका र तीन सय ९८ वटालाई माटोले पुरेको लिबिया सरकारले जनाएको छ ।

 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया