क्यानडा र भारतबीच सम्बन्ध बिग्रँदो : भारतमा आतङ्कवाद र अपहरणको खतरा रहेको भन्दै क्यानडाद्वारा एड्भाइजरी जारी

 असोज ३, २०८० बुधबार १२:३९:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ । जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा रहेको क्यानडाले जारी गरेको एड्भाइजरीमा उल्लेख छ ।

यस्तै, पाकिस्तानसँग सीमा जोडिएको भारतका गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकलाई भनेको छ । क्यानडाको यो नयाँ ट्राभल एड्भाइजरी दुई देशबीच तनाव बढिरहेको बेला जारी भएको हो।

अस्ति सोमवार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनु भएको थियो । यसका साथै क्यानडाले एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।त्यस लगत्तै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया