काठमाण्डौमा आज गणेश रसिक एकल साँझ

 असोज ६, २०८० शनिबार ७:३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको राष्ट्रिय नाचघरमा आज गणेश रसिक एकल साँझ हुँदैछ । दिउँसो ३ बजेपछि हुने कार्यक्रमको उज्यालो रेडियो नेटवर्कसँगै एनटीभी प्लसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

दिउँसो ३ बजेदेखि शुरु हुने कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ । कार्यक्रममा  किरण प्रधान, सूर्य थुलुङ, शम्भु राई, ठूले राई, सुनिता सुब्बा, सत्यकला राई, झुमा लिम्बू, साजन रार्य, रुपक चौधरी, सञ्जय तुम्रोक, दुर्गा परियार, श्रेयसी चेम्जोङ लगायतले पनि आ–आफ्नो प्रस्तुति दिनेछन् ।

मौलिक लोककला र साहित्यको प्रवर्द्धनसँगै गाउँका युवालाई पर्यटन व्यवसायसँग सम्बन्धित सिपमूलक तालिम दिलाउन आवश्यक कोष स्थापना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक छिनामखु समाज काठमाण्डौले जनाएको छ ।

भोजपुरको छिनामखुमा जन्मनुभएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । उहाँका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् । उहाँले सङ्गीत र साहित्यमा गर्विलो चिनारी बनाउनुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १४, २०८०

तपाईको प्रतिक्रिया