चन्द्रयान-३ को रोभरले पुनःसम्पर्क गर्ने सङ्केत देखाएन, अत्यधिक चिसोले ब्याट्रीमा क्षति पुर्याएको अनुमान

 असोज ६, २०८० शनिबार ७:१६:४३ | एजेन्सी
unn.prixa.net

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराएको चन्द्रयान-३ को रोभरले पुनः सम्पर्क गर्ने सङ्केत नदेखाएको भारतीय रक्षा अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।

एक महिनाअघि अर्थात् अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण गरेको यानलाई सूर्य अस्ताउन थालेपछि स्लिप मोडमा राखेको इसरोले जनाएको थियो ।

पुनः सूर्य उदायपछि सेप्टेम्बर २२ अर्थात् हिजो रोभर पुनः सक्रिय हुने इसरोको आशा थियो । रोभरलाई पुनः जागृत गराउन प्रयास भइरहेको भए पनि सक्रिय हुने सङ्केत नदेखिएको इसरोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चन्द्रमामा रातको समयमा भएको अत्यधिक चिसोका कारण रोभरको ब्याट्रीमा क्षति पुगेको हुन सक्ने इसरोको अनुमान छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन र १४ दिन बराबरकै एक रात हुन्छ । यसअघि सूर्य उदाउने समय पारेर यान अवतरण गराएको भारतले चन्द्रमामा रात परेसँगै यानलाई स्लिप मोडमा राखेको थियो ।

चन्द्रमाको सतहमा एक सय मिटर गुडेको रोभरले त्यहाँ सल्फर, फलाम, अक्सिजन र अन्य तत्वहरूको उपस्थिति रहेको पुष्टि गरेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने विश्वको पहिलो र समग्रमा चन्द्रमाको सतहमा अवतरण गराउने अमेरिका, रुस र चीन पछि चौथो देश हो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया