काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
स्याङ्जा – स्याङ्जामा चलिरहेको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ शुक्रबार दोस्रो चरणका खेलहरु सकिएका छन् ।
दोस्रो चरणका खेल सकिँदा १ सय ४० फ्लाइट भएका छन् । वर्ल्डकपको लागि नाम दर्ता गराएका ९८ जना खेलाडीमध्ये ७० जना मात्रै प्रतियोगिताको लागि भाग लिन योग्य भएका जिल्ला पर्यटन समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । ६ चरणका खेल हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ । ६ वटै चरणका अंकहरु जोड गरी विजेता चयन गरिनेछ ।
विश्वकप नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जा तथा स्याङजाका ११ वटै स्थानीय तहको संयोजकत्वमा आयोजना भएको हो ।
भिरकोट नगरपालिका–५, माहापुरस्थित स्वरेक मैदानबाट उडेका प्याराग्लाइडर वालिङ नगरपालिका–११ डौवा फाँटको तोकिएको घेरा भित्र उत्रनेछन् । खेलको निर्णयको लागि स्वदेशी र विदेशी गरी २० जना निर्णायकहरु खटिएका छन् ।
महिलातर्फ एकल, महिला र पुरुष गरी कूल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत तथा १४ कास्य पदक प्रदान गरिनेछ ।
प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्नेछन् । व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने प्रतियोगिताका संयोजक शैलेन्द्रले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।