बेनु क्षुद्रग्रहमा सङ्कलन गरेको धुलोको नमुना पृथ्वी आइपुग्यो

 असोज ८, २०८० सोमबार १४:४७:५२ | एजेन्सी
unn.prixa.net

अमेरिकी अन्तरिक्ष निकाय नासाले पठाएको ओसाइरिस–रेक्स अन्तरिक्षयानले क्षुद्रग्रह बेनुको सतहबाट सङ्कलन गरेको धुलोको नमुना पृथ्वीमा ल्याएको छ । सौर्यमण्डलको सबैभन्दा खतरनाक चट्टानको रूपमा चिनिने एउटा क्षुद्रग्रहको धुलो नमुना पृथ्वीमा ल्याएको नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेनु क्षुद्रग्रहको अध्ययन गर्न सात वर्षअघि शुरु भएको अन्तरिक्ष अभियानले नमुना ल्याउन सफल भएको हो । नासाले अमेरिकी राज्य यूटाको वेस्ट डेजर्टमा अवतरण गराएको यानमा बेनुमा सङ्कलन गरेको झन्डै दुई सय ५० ग्राम धुलो रहेको छ । वैज्ञानिकहरूले यो धुलोको नमुनाको रासायनिक अध्ययनले साढे चार अर्ब वर्षअघि ग्रहहरूको उत्पत्तिबारे नयाँ जानकारी दिने आशा राखेको बताएका छन् ।

बेनुको अन्वेषण गर्न सन् २०१६ मा प्रक्षेपण गरेको ओसाइरिस–रेक्स अन्तरिक्षयान बेनुको कक्षमा पुग्न दुई वर्ष लगाएको थियो । थप दुई वर्ष त्यसलाई अवलोकन गरेपछि धुलो सङ्कलन गरेर पृथ्वीतर्फ फर्किएको हो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया