कोशी प्रदेश सरकार विस्तार, ३ राज्यमन्त्रीसहित ९ सदस्यीय बन्यो

 असोज ८, २०८० सोमबार १७:४२:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्नुभएको हो ।

आज साेमवार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र लीलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त हुनुभएको । यस्तै रामप्रसाद महतो उद्योग कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

अब कोशी प्रदेशको मन्त्रिपरिषद् ३ राज्यमन्त्रीसहित ९ सदस्यीय भएको छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले प्रदेश प्रमुख कार्यालयमा शपथ लिएका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कार्कीले आउँदो २० गतेभित्र विश्वासको मत लिई सक्नुपर्छ । एमालेलाई समर्थन गरेको राप्रपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासहितको गठबन्धनले कार्की नेतृत्वको सरकारलाई साथ नदिने बताइसकेकोले कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ । कार्कीले विश्वासकाे मत नपाएमा आज नियुक्त भएका मन्त्रीले १२ दिन कार्यभार सम्हाल्न पाउनेछन् ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया