कांग्रेस महासमिति बैठक तयारीका लागि समिति गठन

 असोज ८, २०८० सोमबार २०:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारीका लागि समिति गठन गरेको हो ।

कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिनुभयो । यस्तै महामन्त्री गगनकुमार थापाको नेतृत्वमा साङ्गठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।

नेता विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले आज साेमवारकाे बैठकमा दिएको जानकारी दिनुभयो ।

आउँदाे मङ्सिर १३, १४ र १५ गतेका लागि कांग्रेस महासमितिको बैठक तय भएको छ ।

अन्तिम अपडेट: असोज १०, २०८०

तपाईको प्रतिक्रिया