एमाले बाग्मती प्रदेश अधिवेशनमा बन्दसत्र शुरु हुँदै

 असोज ९, २०८० मंगलबार ७:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा अहिले बिहान शुरु हुने बन्दसत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस हुनेछ।

छलफलबाट यी प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । बाग्मती प्रदेश अधिवेशनमा एक हजार १ सय ३८ जना प्रतिनिधि सहभागी छन् ।

नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि आकाङ्क्षी धेरै छन् ।

अध्यक्षमा बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाललगायतले दाबी गर्दै आउनुभएको छ । एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ ।

कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।

अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उहाँले प्यानल बनाएर चुनाव नलड्न निर्देशन समेत दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया