बैंकहरू मिटरब्याजी जस्ताे हुनु हुँदैन : अध्यक्ष ओली
मंसिर २४, २०८० आइतबार
काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कलाकारले आफूलाई राम्राे छ भनिदिएकै भरमा चुनाव जितेकाे दाबी गर्नुभएकाे छ ।
आज बिहीवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा मन्त्री गुरुङले कलाकारकै कारण आफूले चुनाव जितेर आएकाे बताउनुभयाे । गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रूपमा उभिए पनि कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको उहाँकाे भनाइ थियाे ।
उहाँले भन्नुभयाे, ‘म गाउन जान्दिनँ तर समय पाएँ भने गीत सुनिरहन्छु । मनमनै गुनगुनाउन मन लाग्छ, बाहिर गाउन आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्भाव र माया पाएको छु । तपाईँहरूले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ ।’
कार्यक्रममा बाेल्दै मन्त्री गुरुङले राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा लड्ने प्रतिबद्धता पनि जनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपाली राजनीतिमा देखिएको विकृति र विसङ्गतिका विरुद्धमा सधैँ लडेर तपाईँहरूको बीचमा निष्ठाको राजनीति गर्ने व्यक्तिको रूपमा उभिएर मर्न चाहन्छु ।’