पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी आज मुद्दा दर्ता गरेको छ ।
विभागले सिरहाको माडर बस्ने ४७ वर्षीय प्रेमकुमार यादव, त्यही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षीय अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । उनीहरुमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका–१५ कालीचौकमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ७ सी ४२२४ नम्बरकाे कारलाई रोकी जाँच गर्ने क्रममा कारको चालक बस्नेतर्फको दुईवटा सिटमुनि एक हजार दरका तीन हजार चार सय थान थान ( ३४ लाख) र पाँच सय दरका दुई हजार थान ( १० लाख) फेला पारि राजस्व अनुसन्धान विभागमा बुझाएको थियो ।
त्यसपछि विभागले गरेको सूक्ष्म अनुसन्धानमा प्रेमकुमार यादव, सञ्जयकुमार साह, पवनकुमार यादव र अरुण यादवसमेतको मिलेमतोमा गैह्रकानुनी रूपमा इजाजत प्राप्त नगरि प्रेमकुमार यादवले भारतीय नागरिक राजकुमार पासवानबाट रकम आएको पाइएको अधिकारीले बताउनुभयो ।
विभागका अनुसार राजकुमार पासवानबाट प्राप्त गरी अन्यलाई बुझाउन बाँकी रहेको रकम ८३ लाख ३८ हजार रुपैयाँसमेत गरी जम्मा एक करोड २७ लाख ३८ हजार रुपैयाँ बरामद गरिएको थियो ।
अनुसन्धानका क्रममा अरुण यादवलाई आठ करोड करोड ६५ लाख ६० हजार र पवनकुमार यादवलाई पाँच करोड आठ लाख ८८ हजार रुपैयाँ गरी जम्मा बिगो १५ करोड एक लाख ८६ हजार आठ सय रुपैयाँ बराबरको रकम अवैधरुपमा कारोबार गरेको विभागको दाबी छ ।
उनीहरुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ९ ‘ग’ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले त्यहीअनुसार आज मुद्दा चलाइएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।