विद्यार्थीहरू विदेश पलायन भइरहेकाेबारे अध्ययन गराैँ : शिक्षामन्त्री राई

 असोज १६, २०८० मंगलबार १६:४३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको बताउनुभएको छ ।

आज मङ्गलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको अध्ययन गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहेको उल्लेख गर्नुभयाे । अहिले सञ्चालन भइरहेका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै रहेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरू विदेश पलायन भइरहेकाेबारे अध्ययन गरौँ । नेपाल विश्वविद्यालयले नयाँ ढङ्गले पाठ्यक्रम तर्जुमा गरेका हुँदा विदेश जाने विद्यार्थीहरूलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने टिम बाैद्धिक व्यक्तित्वको रहेछ । चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ ।’

शिक्षामन्त्री राईले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने पनि बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया