हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ

 असोज १८, २०८० बिहिबार ८:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको  छ ।

सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारकाे आलोचना गरिरहेका छन् । यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थाल्नु भएको छ ।

न्यायका लागि नेपालगञ्जबाट काठमाण्डाै आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थाल्नुभएको हो । उहाँले न्याय नपाएसम्म घर नफर्किने बताउनु भएको छ । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उहाँको माग छ । हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उहाँ सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो ।

रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । यो रिटमा आज सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।

रिगलविरुद्ध २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया