पहिराेले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी खुल्यो, कालीगण्डकी करिडोर अझै बन्द

 असोज १८, २०८० बिहीबार ११:३२:२८ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

बाग्लुङ - दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । 

निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बाग्लुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा सडक अवरुद्ध भएको थियो ।

मङ्गलवार बेलुकादेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उहाँको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि प्रयास गरिरहेको केसीले जानकारी दिनुभयो । आज दिउँसोसम्म पूर्णरुपमा सडक सञ्चालनमा आउने उहाँको भनाइ छ ।

सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा गाडी गन्तव्यतर्फ लाग्न थालेका प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । काठमाण्डाै, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने गाडी सडकमा रोकिएका थिए ।

यस्तै, पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलवार करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बाग्लुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया