मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

 असोज २०, २०८० शनिबार १९:२०:२९ | रासस
unn.prixa.net

मकवानपुर – मकवानपुरमा कन्टेनर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमाण्डौ आउँदै गरेको ना ६ख ३९८७ नम्बरको कन्टेनर मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा दुर्घटना हुँदा चालक नुवाकोट बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

कन्टेनर मोडमा आफैँ अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शवपरीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो ।

त्यस्तै आज हेटौँडा–१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् । घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट  चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया