इजरायलमा ज्यान गुमाएका आनन्द साहकाे परिवारलाई मधेस प्रदेशले पाँच लाख रुपैयाँ दिने

 असोज २४, २०८० बुधबार ८:१९:५९ | रासस
unn.prixa.net

धनुषा - मधेस प्रदेश सरकारले इजरायलमा हमास समूहकाे आक्रमणमा परि ज्यान गुमाएका धनुषा लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहकाे परिवारलाई पाँच लाख रुपैयाँ दिने भएकाे छ । 

मुख्यमन्त्री सराेजकुमार यादवले मङ्गलवार हिजाे बेलुका एक शाेक वक्तव्यमार्फत् राहतस्वरुप पाँच लाख रुपैयाँ मृतक साहकाे परिवारलाई दिने बताउनु भएकाे हाे ।

उहाँले आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएकाे छ । उहाँले युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनाहीन कार्य भएकाे बताउनुभयाे ।

जारी विज्ञप्तिमा भनिएकाे छ 'त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ । त्यो घटनाले हामी नेपाली शोकमग्न छौँ । अनाहकमा ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु ।'

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया