अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुग्यो

हमास समूह सखाप पार्न जस्तोसुकै सहयोग गर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

 असोज २४, २०८० बुधबार १४:४७:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी हतियार बोकेको विमान इजरायलको एअर बेसमा पुगेको छ । इजरायली सेनाका अनुसार अमेरिकाबाट आएको यो पहिलो युद्ध विमान हो ।

बीबीसीका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आज जोर्डन र इजरायलको भ्रमणमा निस्कँदै हुनुहुन्छ । ब्लिन्केन इजरायल पुग्नुअघि नै हतियार र लडाकु विमान इजरायल पुगिसकेका खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पटक पटक टेलिफोन कुराकानी गरेर अमेरिकाले हतियार, विमान, रक्षा मिसाइल लगायत सबै प्रकारका सहयोग गर्ने वाचा गर्नुभएको छ । बाइडेनले अब कहिल्यै पनि युद्ध नदोहोरिने गरी हमास समूहलाई सखाप पार्न आग्रह गर्नुभएको पनि खबरमा उल्लेख छ ।

गएको शनिवार बिहान प्यालेस्टाइनको हमास समूहले इजरायलमा गरेको आक्रमणमा १२ सय जना इजरायलीको ज्यान गएको छ । हमासको आक्रमणपछि तीव्र रूपमा जवाफी कारबाही गरेको इजरायलले गाजा क्षेत्र ध्वस्त बनाइदिएको छ । गाजामा अहिलेसम्म नाै सय ५० जनाको ज्यान गएको र १५ सय जना जनाभन्दा धेरै हमास लडाकुको ज्यान गएको इजरायली दाबी छ ।

इजरायलले गाजामा एउटा संरचना पनि बाँकी नराख्ने घोषणा गरेको छ । पानी र खाद्यान्नमा समेत नाकाबन्दी लगाएका कारण गाजाको जनजीवन कष्टकर बनेको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया