कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर गर्नुभएकाे छ ।
नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै आज बुधवार अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गर्नुभयाे । एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको उहाँले बताउनुभयाे । माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई वटा पार्टीको भविष्य नरहेको ओलीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर विराेध भएकाे होइन । एमाले सशक्त छ, योग्य छ, काम गर्नसक्छ, मौका पाए देशलाई विकासको बाटोमा अघि लैजान सक्छ, देशमा सुशासन ल्याउन सक्छ, शान्ति सुव्यवस्था कायम गर्नसक्छ । यही भएर कांग्रेस र माओवादी आत्तिएका छन् । आफ्नै भविष्य अन्धकार देख्न थालेर हामीसँग आत्तिएका छन् । तपाईँहरू सच्चिनु हुँदैन भने एमालेको विरोध गरेर मात्रै तपाईँहरूको भविष्य छैन । नसच्चिए त तपाईँहरूको भविष्य अन्धकार भएर जाने नै हो ।’
अध्यक्ष ओलीले युवाहरूमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताउनुभयो । उहाँले २०८४ सालकाे चुनावका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।