इजरायलको आक्रमणका कारण गाजामा सग्ला भवन देख्न मुस्किल, अस्पताल शव गृहमा परिणत हुने जाेखिम

 असोज २५, २०८० बिहीबार १८:१८:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलको आक्रमण र कठोर नाकाबन्दीका कारण गाजाका अस्पतालहरूमा अत्यावश्यकीय सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालहरूमा बिजुली, पानी र अत्यावश्यकीय औषधिको अभाव हुन थालेको बताएको बीबीसीले जनाएको छ ।

रेडक्रसले बिजुली र पानीविना गाजाका अस्पतालहरू शवगृहमा परिणत हुने जोखिम रहेको चेतावनी दिएको छ । गाजाको एकमात्र ठूलो 'पावर प्लान्ट' मा हिजो इन्धन सकिएको छ । इजरायलले गाजामा खाना, पानी र इन्धन लगायतका सबै वस्तु ठप्प पारेको छ ।

भीषण हवाई हमलाका कारण गाजामा सग्ला भवन देख्न मुस्किल छ । कैयौँ डाक्टर मारिएका छन् भने अस्पतालका भवन ध्वस्त भएका छन् । इजरायलको नाकाबन्दीका कारण नवजात शिशु र बिरामीहरूलाई अक्सिजन दिन नसकिएको, मिर्गाैलाको डायलासिस रोकिएको र एक्स–रे सेवा बन्द हुने अवस्थामा पुगेको आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले बताउनुभयो ।

इजरायलले हमासले अपहरण गरेका एक सय ५० जना बन्धकलाई रिहा नगरेसम्म गाजामा बिजुली, आधारभूत सेवा र मानवीय सहायतालाई अनुमति नदिने वाचा गरेको छ ।

अघिल्लो शनिवार हमासले इजरायलमा गरेको आक्रमणका कारण १२ सय जनाको ज्यान गएको छ । बदलामा इजरायलले गाजामा हमला गर्दा १३ सय जनाभन्दा धेरैको ज्यान गएको छ । झन्डै दुई हजार जना हमासका लडाकु मारिएका इजरायलको दाबी छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया