इजरायलको हवाई आक्रमणबाट सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित

 असोज २६, २०८० शुक्रबार ७:३:२५ | एजेन्सी
unn.prixa.net

इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा क्षति पुगेको सिरियाली सञ्चारमाध्यमलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । सिरियामा एक दशकभन्दा लामो समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी देशमाथि सयौँ हवाई आक्रमण गरेको छ ।

जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकुका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ । हमासलाई समर्थन गर्ने इरानले गएको शनिवारदेखि इजरायलमाथि हमासले गरेको आक्रमणको पनि समर्थन गरेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया