उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ ।
संविधान र कानुनी परामर्श तथा सांसदहरुको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले बेलुकीपख दुईमध्ये एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आजसम्ममा मुख्यमन्त्रीमा दाबी गर्न सक्नेगरी समयसीमा दिएकोमा हिजो सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षधर सांसद केदार कार्कीले दाबी पेस गर्नुभएको छ ।
कोशी प्रदेश सभामा कुल ९३ जना सांसद रहेकोमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा दाबी गरेका दुवैले ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कारण हस्ताक्षरको आधिकारिकताका विषयमा पनि प्रश्न खडा गरेको छ ।
आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका सांसद कार्कीले पनि कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ ।
एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको अवस्था नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले कांग्रेस नेता शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएको हो । कोशीमा सरकार गठनको लागि यो नै अन्तिम विकल्प भएकाले दलहरुले आफ्ना सांसदलाई ह्वीप लगाउन पाउने छैनन् ।
बहुमत पुर्याउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद रहेकोमा सिर्जना दनुवार उपसभामुख हुनुहुन्छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ जना सांसद छन् ।
संविधानको धारा १६८ को उपधारा ५ मा ‘प्रदेश सभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । संविधानको धारा १६८ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
कोशी प्रदेशमा ७ महिनाको अवधिमा पाँचौँ सरकार गठनको तयारी भइरहेको छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसकेमा वा गठन भएको सरकारले विश्वासको मत नपाएमा मध्यावधि चुनावमा जानुपर्ने संवैधानिक व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।