एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा मण्डल

 असोज २६, २०८० शुक्रबार १४:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले मधेस प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच जना पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा संविधानसभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ ।

अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयाे । निर्वाचन प्रक्रियाले उहाँहरूको नाम अनुमोदन गर्ने यादवकाे भनाइ छ ।

जनकपुरधाममा अस्ति बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा हिजो बिहीवार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।

अहिले पदाधिकारीसहित सदस्यहरूमा मनोनयन दर्ता भइरहेको छ । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया