इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५ सय नाघ्याे

 असोज २८, २०८० आइतबार १०:३५:१८ | एजेन्सी
unn.prixa.net

गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ ।

इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसङ्घको तथ्याङ्क छ ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या एक सय जना विदेशीसहित १ हजार ३ सय जना पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया